काठमाडौं उपत्यकाबाट लकडाउन उल्लघंन गर्ने १ हजार २८८ जना पक्राउ

0

काठमाडौं, २३ चैत । सरकारले जारी गरेको लकडाउन उल्लघंन गरेकाे भन्दै प्रहरीले १ हजार २८८ जनालाई पक्राउ गरेको छ । विश्वभरी महामारीका रुपमा फैलिकएको कोरोनाभाइरसको संक्रमण नेपालमा फैलन नदिन तथा यसको नियन्त्रणका लागि सरकारले चैत्र ११ बाट लकडाउन जारी गरेको थियो। प्रहरीका अनुसार लक डाउनको १३ औं दिन आज विहान ८ बजेसम्म उल्लघंन गर्ने १२ सयभन्दा बढी पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरूमा १ हजार ४० जना पुरुष रहेका छन् भने २ सय ४८ जना महिला रहेका छन् । त्यस्तै ६२ वटा सवारी साधनपनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

सरकाले लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँडडुल गर्नेलाई कारवाही गर्न निर्देशन दिएको छ । शनिबार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउनलाई अझै प्रभाकारी बनाउन एक स्थानीय तहबाट अर्को स्शथानीय तहमा जानसमेत रोक लगाएको छ ।

लकडाउनका कारण काठमाडौं उपत्यकासहित नेपालका मुख्य शहरहरु पूरै सुनसान रहेका छन् । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या नौ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.