सुदूरपश्चिममा परीक्षण गरिएकामध्ये २.६५ प्रतिशतमा कोरोना पाेजेटिभ, १८ जनाको रिपोर्ट आउन बाँकी

0

धनगढी, २३ चैत । सुदूरपश्चिम प्रदेशमा हालसम्म १५१ जनाको कोरोना भाइरस परीक्षण भइसकेको छ । जसमध्ये यहाँ ४ जनाकाे मात्र काेराेना भाइरस पाेजेटिभ देखिएकाे छ ।

सेती प्रादेशिक अस्पतालसहितका अस्पताल र विभिन्न क्वारेन्टाइनबाट १६९ जनाको थ्रोट स्वाब (नमूना) संकलन गरी परीक्षणका लागि पठाएकोमा अहिलेसम्म १५१ जनाको नमूना परीक्षण भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार थ्रोट स्वाव संकलन गरी पठाईएका १८ जनाको रिपोर्ट आउन बाँकी छ ।

परीक्षण गरिएका १५१ जनाको परीक्षण रिपार्ट आएकोमा ४ जना अर्थात २.६५ प्रतिशतमा कोरोना देखिएको छ । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले १५१ जनाको रिपाेर्ट आएकोमा चार जनाबाहेक १४७ को रिर्पोट नेगेटिभ देखिएको बताए ।

परीक्षणकाे रिपाेर्ट आउन बाँकी १८ जनामा कैलालीसहित विभिन्न जिल्लाका रहेकाे बताइएकाे छ । हालसम्म प्रदेशभित्र कैलालीमा ३ जना र कञ्चनपुरमा एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । कैलालीमा पहिलाेपटक स्थानीयमै संक्रमण देखा परेपछि यहाँ लकडाउन कडा बनाइएकाे छ ।

Leave A Reply

Your email address will not be published.