सित्तैमा रिचार्ज कार्ड पाउनुहोस्

0

काठमान्डौ , कोरोना भाईरसका कारण देश लकडाउनमा छ । अहिले बजारमा रिचार्ज कार्डहरु सुलभ रुपमा उपलब्ध छैनन, सबैको पहूँचमा डिजिटल टपअप छैन । यस्तो बेला कम्तिमा गार्ह्रो सार्ह्रो परेको बेला आफ्ना कठिनाई प्रियजनहरू सँग साटासाट गर्ने माध्यमनै फोन कल हो भन्ने कुरालाई मध्यनजर गर्दै वि विल राईज फाउण्डेसनले सहयोग स्वरूप एकहजार जनालाई निःशुल्क रू. ५० रिचार्ज गरिदिने अभियान थालेको छ । यसअघि पनि लकडाउनले अति जरुरी भएकालाई अवस्था हेरेर हरेकलाई एक सय रुपैया रिचार्जको व्यवस्था फाउण्डेसनले गरेको थियो ।

“यस संकटको घडीमा सूचना आदानप्रादान जस्तो आधारभूत पहूँचमा लकडाउनको यो विशेष परिस्थितीले नागरिक कसरी आफ्नो स्थिती, आफ्नो गार्ह्रो सार्ह्रो अवस्था अथवा स्वास्थ्य जटिलतालाई सम्बन्धित स्रोतसम्म पुर्याउनेछन् भन्ने ठूलो चिन्ताको विषय हो । हामी यस विषयमा गम्भीर छौं । किनकी काठमाण्डौमैं रहनुभएका हाम्रो फाउण्डेशनकै साथीहरुलाई रिचार्ज कार्ड व्यवस्था गर्न हम्मे परेको छ । हाम्रो प्राथमिकता र नागरिकमा अनुरोध पनि कृपया अत्यावश्यक परेका नागरिकलाई यो लाभ लिन सहयोग गरीदिनुहुन अथवा संकटको साथीको रुपमा यो अभियानलाई साथ दिनुहुन अनुरोध गर्दछौं ।”

संस्थापक निर्देशक निर्मल श्रेष्ठले बताउनुभयो ।“जो पसलेमार्फत २०-५० रुपैयाँ मोबाइलमा ट्रान्सफर गराएर आफ्नो संचारको आवश्यक्ता पुरा गर्नुहुन्थ्यो, वहाँहरुको समस्या अझ बढी हुनसक्छ भनेर नै हामीले पहिलो चरणमा २४ घण्टाका लागि संचालन गरेको निःशुल्क रिचार्जको अभियानलाई रोक्किएको एकदिन पछि धेरै भन्दा धेरैको सहभागीता होस भनेर रु ५० रुपैयाँ बराबरको प्रतिव्यक्ति रिचार्जको ताजा अभियान आजैदेखि प्रारम्भ गरेका छौं र यो १ हजार नागरिकको लागि खुल्ला गरिएको छ । १ हजार नागरिकलाई घोषित रिचार्ज रकम ट्रान्सफर नहुञ्जेल यो अभियान जारी रहने छ ।” अर्का संस्थापक निर्देशक खड्ग परियारले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.