नेपालमा को’रोनाभाइरस दोस्रो चरणमा प्र’वेश, यस्ता छन् संक्रमणका ४ चरण

0

काठमाडौं। नेपालमा को’रोनाभाइरस औपचारिक रुपमा संक्रमणको दोस्रो चरणमा प्र’वेश गरेको छ । अहिलेसम्म संक्रमणको पहिलो चरणमा रहेको नेपाल अब भने दोस्रो चरणमा प्र’वेश गरेको हो । शनिबार देखिएका तीन संक्रमितमध्ये १ जनालाई परिवारबाटै संक्रमण सरेको पाइएपछि नेपाल औपचारिक रुपमा दोस्रो चरणमा प्र’वेश गरेको हो ।यस्ता छन् कोरोना संक्रमणका चार चरण –पहिलो चरण भनेको आ’यातित संक्रमण अर्थात् संक्रमण फैलिएका मुलुकमा भ्रमण गरेका मानिसबाट मात्र भाइरस देशमा भित्रिनु हो ।

नेपालमा ६ जनालाई संक्रमण देखिएकोमा सबै विदेशबाट फर्किएका नेपाली थिए । त्यसैले नेपाल संक्रमणको पहिलो चरणमा थियो ।दोस्रो चरणमा भाइरसको संक्रमण स्थानीय रूपमा फैलिन थाल्छ । बाहिरबाट आएका मानिसमा देखिएको संक्रमण स्थानीय मानिसहरू देखिने चरण दोस्रो चरण हो र अहिले विदेशबाट आएका एक नेपालीबाट परिवारकै सदस्यमा सक्रमण देखिएपछि नेपाल औपचारिक रुपमा दोस्रो चरणमा प्र’वेश गरेको हो ।तेस्रो चरणमा सामुदायिक रूपमा संक्रमण फैलिन्छ । यो चरणमा संक्रमित व्यक्तिसँग सिधै सम्पर्क बिना नै स’र्ने चरण हो ।

यो सा’मुदायिक संक्रमणको अवस्था हो । यो अवस्था सम्म आइपुग्दा देशका धेरै क्षेत्र भाइरसबाट प्रभावित बनिसकेको हुन्छ ।चौथो चरण भनेको म’हामारीको चरण हो । यो को’रोना भाइरसको अन्तिम र भ’यानक अवस्था हो । यो अवस्थामा पुगिसकेपछि भाइरसको प्र’कोप रो’क्न निकै कठिन हुन्छ । विश्वका श’क्तिशाली मुलुकले समेत यो चरण रो’क्न नसकेको अवस्थामा नेपाल यो चरणमा गयो भने हामीले रो’क्न सक्ने अवस्था नै हुनेछैन ।

Leave A Reply

Your email address will not be published.