अमेरिकामा काेराेनाका कारण ५ नेपालीकाे मृत्यु

0

काठमाडौं । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ ।शनिबार अरू चारजनाको निधन भएको हो । यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहेका छन् ।निधन हुनेहरुको परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले बताए।

निधन हुनेहरु सबै न्युयोर्कमा बस्दै आएका थिए । त्यस्तै उता साउदी अरबमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने नेपालीको संख्या ४ पुगेको छ । रियादस्थित नेपाली दूतावासले शनिबार २ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको अनौपचारिक जानकारी पाएपछि सम्बन्धित निकायसँग विवरण मागेको थियो ।आइतबार साउदीको स्वास्थ्य मन्त्रालयबाट ४ जना नेपालीमा कोरोना पुष्टि भएको जानकारी आएको साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले जानकारी दिएका छन ।

Leave A Reply

Your email address will not be published.