लकडाउन बढाउन सिफारिस, फेरि एक हप्ता थपिने

0

काठमाडौं। कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिले सरकारले घोषणा गरेको पूर्ण लकडाउनलाई निरन्तरता दिन सिफारिस गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको १७ औँ बैठकले लकडाउनलाई निरन्तरता दिन सिफारिस गर्ने निर्णय गरेको हो।

सङ्क्रमणको जोखिम कम गर्न लकडाउन प्रभावकारी भएको निष्कर्षसहित यसलाई एक हप्ताका दरले निरन्तरता दिनुपर्ने निष्कर्षमा पुगेको स्रोतले जानकारी दिएको छ । लकडाउनलाई निरन्तरता दिने समितिको सिफारिसलाई भने सोमबार बस्ने मन्त्रिपरिषद बैठकले अनुमोदन गर्नुपर्नेछ।

Leave A Reply

Your email address will not be published.