भारतमा कोरोनाबाट मर्नेकाे संख्या ११७ पुग्याे, एकैदिन १८ जनाकाे मृत्यु

0

काठमाडौं, २४ चैत्र । कोरोना भाइरसको संक्रमण दक्षिणी छिमेकी भारतमा पनि बढ्दै गएको छ । अहिले भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११७ पुगगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा मात्रै १८ जनाको मृत्यु भएको विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ । आइतबार बिहानसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ थियो ।

भारत कुल संक्रमित ४ हजार २८८ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा ७ सय जना नयाँ संक्रमित भेटिएका छन् । आइतबार बिहानसम्म भारतमा संक्रमितको कुल ३ हजार ५८८ थियो ।

भारतमा कुल संक्रमितमध्ये २२८ जना उपचारपछि निको भएका छन् । बाँकी ३ हजार ८४३ जना उपचाररत रहेको वल्र्डोमिटर्सको तथ्यांकमा जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.