मृ’त्युको काखमा पुगिसकेकी एक बालिका आमाको साहसिलो कदमका कारण बाँच्न सफल

0

दमौली। मृ’त्युको काखमा पुगिसकेकी एक बालिका आमाको साहसिलो कदमका कारण बाँच्न सफल भएकी छन् । शुक्लागण्डकी-३ बनकेवाकी २१ महिनाकी बालिका संस्कृति न्यौपाने सोमबार साँझ घरमै आमासँगै थिइन्।अकस्मात् चितुवा आइ आ’क्रम’ण गर्‍यो। बालिकालाई चितुवाले लैजान खोजेपछि आमा इन्दिराले निकै क’ष्टले छोरी बचाउन सफल भइन्।

साँझ करिब ७ बजेतिर भएको घट’नामा ज्यान नै जो’खिममा राखेर इन्दिराले छोरी जोगाउन सफल भएकी हुन्। ‘आँखै छोरी लैजान लैजान खोजेपछि आँट गरेर खोस्न गएँ’, उनले भनिन्। घरबाट केही पर जंगल लैजान लागेका बेला इन्दिराले चितुवामाथि आ’क्रम’ण गरी छोरी बचाउन सकिन। ‘ एक छिन ढिला मात्र भएको भए अर्को विपद् हुने रहेछ’ घट’नास्थल पुगेका शुक्लागण्डकी नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख त्रिलोचन लम्सालले भने। उनका श्रीमान पनि घटना थाहा पाएपछि दौडिएका थिए ।

बालिकाको हाल पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ। गत पुस महिनामा पनि सोही क्षेत्र नजिकै अर्का बालक चितुवाको आ’क्रम’णबाट ज्यान गुमाएका थिए। यो खबर अन्नपूर्ण पोस्टमा पूरा पढ्न सक्नुहुनेछ।

Leave A Reply

Your email address will not be published.