बाघमा पनि भेटियो कोरोना भाइरस, चिडियाखानाका अन्य ६ बाघ बिरामी

0

वासिङ्टन । अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ब्रोन्क्स चिडियाखानामा राखिएको बाघमा को’रोनाभाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकाको कृषि विभागले अन्य ६ बाघमा पनि को’रोनाभाइरसको लक्षण देखिएको जानकारी दिएको छ ।‘हामीलाई थाहा भएअनुसार जंगली जनावरमा देखिएको यो पहिलो संक्रमण हो,’ ब्रो’न्क्स चिडियाखानाका प्रमुख पशु चिकित्सक पल क्यालेले बताए । नादिया नाम दिइएको उक्त बाघ कोही संक्रमित व्यक्तिबाट सरेको अनुमान गरिन्छ ।‘सम्भवतः संक्रमणको कुनै लक्षण नदेखिएका चिडियाघरका कर्मचारीमार्फत् बाघमा यो सरेको हुनसक्छ, यही एउटा कुराले मात्रै अर्थ राख्छ,’ क्यालेले भने ।

उक्त चिडियाघर मार्च १६ तारिखदेखि आगन्तुकका लागि ब’न्द गरिएको छ ।यसअघि विभिन्न घरपालुवा जनावरमा को’भिड–१९ को संक्रमण देखिएको थियो । हङ्गकङमा पो’मेरानियन र जर्मन सेफर्ड जातका दुईवटा कुकुर र बेल्जियमको घर पालुवा बिरालोमा को’रोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।मार्च महिनाको अन्तिम हप्तामा सुख्खा खोकी लागेपछि चार वर्षको बाघ नादियाको अप्रिल २ तारिखमा को’रोनाभाइरसको परीक्षण गरिएको क्यालेले जानकारी दिए । नादियाका बहिनीहरु दुईवटा साइबेरियन बाघ र तीनवटा अफ्रिकी बाघलाई पनि खोकी लागेको र उनीहरुले खान मन नगरेको बताइएको छ ।

यद्यपि, उनीहरुमा को’रोनाभाइरसको परीक्षण भने गरिएको छैन । चिडियाघरमा जम्मा सातवटा बाघ पशु चिकित्सकको नि’गरानीमा रहेका छन् । यी सबै निको हुने आशा गरिएको छ ।ब्रो’न्क्स चिडियाघर सञ्चालन गर्ने वा’इल्डलाइफ क’न्जर्भेसन सो’साइटीले यो रोग जनावरहरुमा कसरी सर्छ र यसको प्र’भाव कस्तो रहन्छ केही थाहा नभएको बताउँदै सा’वधानी अपनाउन आ’ग्रह गरेको छ ।स्रोत : नेसनल जियोग्राफिक

Leave A Reply

Your email address will not be published.