भारतमा कोरोनाका कारण मर्नेको संख्या ११७ पुग्यो, एकैदिन गयो १८ जनाको ज्यान

0

काठमाडौं, २४ चैत्र – कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या दिनउ बढ्दे गएको छ । अमेरिकामा कोरोना भाइरस ९कोभिड १९०का कारण पछिल्लो केही दिनयता लगातार १ हजारभन्दा बढीको मृत्यु भइरहेको छ । त्यस्तै भारतमा कोरोनाका कारण ज्यान जानृको संख्या बढ्दै गएको छ । त्यस्तै भारतमा ज्यान जानको संख्या ११७ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा मात्रै १८ जनाको मृत्यु भएको विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ । हिजो सम्म मर्नेको संंख्या ९९ थियो । भने आज कुल संक्रमित ४ हजार २८८ पुगेको छ । भने संक्रमितमध्ये २२८ जना उपचारपछि निको भएर घर फर्केका छन् ।अरु बाकि ३ हजार ८४३ जना उपचाररत रहेको वल्र्डोमिटर्सको तथ्यांकमा जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.