को’रोना संक्रमित बेलायतका प्रधानमन्त्री अस्पताल भर्ना

0

लण्डन : को’रोना भाइरसको संक्रमण भएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भ’र्ना भएका छन्। दस दिन अगाडि प्रधानमन्त्री जोन्सनमा को’रोना संक्रमण पुष्टि भएको थियो । भाइरस संक्रमण भएको १० दिनसम्म पनि स्वास्थ्यमा सुधार नभएपछि आइतबार साँझ जोनसन लण्डन अस्पतालमा भ’र्ना भएको बीबीसीले जनाएको छ। उनमा देखिएका बि’रामीका लक्षणहरु उस्तै देखिएको र ज्वरो पनि कम नभएकाले चिकित्सकको सल्लाहमा अस्पताल भ’र्ना भएका हुन्। प्रवक्ताका अनुसार सवाधानीका लागि उनको केही न’मूना परीक्षण गराइने छ ।

उनी रातभर अस्पतालमै बस्ने बताइएको छ ।अस्पताल भ’र्ना भएपनि सरकारको जि’म्मेवारी प्रधानमन्त्री जोनसन नै सम्हालिरहेका छन् तर सोमबार बिहान हुने को’रोना भाइरस सम्बन्धी बै’ठकको अध्यक्षता भने विदेशमन्त्रीले गर्ने यो’जना रहेको खबरमा भनिएको छ। उनी संक्रमण देखिएपनि १० दिनसम्म चिकित्सकको नि’गरानीमा निवासमै बसेर सरकारका काम का’रबाही सञ्चालन गरिरहेका थिए। बेलायतमा हालसम्म ४८ हजारभन्दा बढी को’रोना संक्रमित देखिएका छन् भन् करिब ४ हजार ९ सयले ज्यान गु’माएका छन्।

Leave A Reply

Your email address will not be published.