अमिताभ बच्चनको परिवारसँग सम्र्पकमा को को आए ? सबैको गरियो कोरोना परिक्षण

0

काठमाडौँ । बलिउड अभिनेता अमिताभ बच्चनको परिवारलाई नै कोरोना संक्रमण भएसँगै अहिले कन्ट्रयाक ट्रेसिगंको आधारमा थप ५८ जनाको कोरोना परीक्षण गरिएको छ । परिवारका छोरा बुहारी नातिनसंगै जया बच्चनलाईपनि कोरोना पष्टि भएसँगै उनीहरुको सम्र्पकमा आएकाहरुको पनि परिक्षण गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

उनिहरुलाई कोरोना संक्रमण देखा परेपछि उनका फ्यानहरु निकै चिन्तामा परेका छन् । उनको स्वास्थका लागि कतिपय मानिसले पुजा गरेको सामाचारहरु आएका छन् । कोरोना संक्रमण पुष्टि भएसँगै अमिताभ बच्चनको नानावती हस्पिटलमा उपचार गराइरहेका छन् । उनको स्वास्थ्यस्थिति स्थिर रहेको बताइएको छ । परिवारका सबै सदस्यको आइसोलेसनमा राखेर उपचार गरिएको छ ।

Leave A Reply

Your email address will not be published.