नेपालमा आज ३४ जनाले कोरोनालाई जितेर घर फर्के

0

काठमाडौंः नेपालमा मंगलबार थप ३४ जनाले कोरोनालाई जितेर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १० हजार ३२८ पुगेको छ ।

त्यस्तै नेपालमा आज थप १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय १६ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो ।

योसँगै हालसम्म नेपालमा कुल १७ हजार ६१ जना कोरोना संक्रमित फेला परेका छन् ।प्रवक्ता डा गौतमका अनुसार आज देशभर ४ हजार ३६१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Leave A Reply

Your email address will not be published.