अयोध्याबाट वि’वादित सन्त परमहंसको उद्घोष, एक महिना भित्र ओलीलाई सत्ताच्यूत गरिदिन्छु

0

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याका विषयमा दिएको अभिव्यक्तिप्रति अयोध्याका वि’वादित सन्त परमहंस महाराजले आ’पत्ति जनाएका छन् । राम दल ट्रष्ट अयोध्याका अध्यक्ष समेत रहेका उनले एक महिना भित्र ओली सत्ताच्यूत गरिदिने चेतावनी दिएका छन्।

उनले भोलिदेखि आफ्ना लाखौँ शिष्यले नेपालमा प्रदर्शन गर्ने बताएका छन्। उनले ओली विरुद्ध छिट्टै धर्मादेश जारी गर्ने पनि बताए। उनले भने, ‘मेरा लाखौँ शिष्य नेपालमा छन् । भोलिदेखि नै भक्तहरु सडकमा प्रदर्शन गर्छन् । नेपालका प्रधानमन्त्री केपी ओलीलाई एक महिनाभित्र कुर्सीबाट हटाउनुपर्छ । म धर्मादेश जारी गर्छु, मेरा सबै शिष्य सडकमा उत्रिनुस् र अ‍ोलीलाई सत्ताबाट बाहिर पठाउनुस्।’

सन्त परमहंस अयोध्यामा निकै नै विवादित नाम हो। केहिँ समय अघि बाबरी मस्जिद रहेको स्थानमा राम मन्दिर बनाउन बनाइएको राम जन्मभूमि मन्दिर ट्रस्टका अध्यक्ष महन्त नृत्य गोपालदास महाराजलाई टेलिभिजन अन्तर्वार्तामा मनलाग्दी बोल्दा उनि प्रहरी हि’रा’सतमा परेका थिए। उनको बोलीलाई सन्त समाजले नरुचाए पनि भारतीय मिडियाले स्थान दिने गरेका छन्।

परमहंस महाराजले विश्वको सांस्कृतिक राजधानी अयोध्या भएको बताए । उनले वेद, पुराण र रामायणमा उल्लेख भएको सरयु नदी नेपालमा नभएको पनि बताएका छन् । उनले भगवान राम भारतको उत्तर प्रदेशको अयोध्याका महाराज एवम चक्रवर्ती सम्राट भएको बताएका छन्।धर्मगुरु महन्त परमहंसले प्रधानमन्त्री ओली नेपाली नभएको बताएका छन्।

Leave A Reply

Your email address will not be published.