छोरी जन्मे यो गाउपालिकाले पाँच हजार दिने

0

गुल्मी । जिल्लाको कालीगण्डकी गाउँपालिकाले छोरी जन्मे पाँच हजार रुपैयाँ उनको खातामा अनुदान स्वरुप जम्मा गरिदिने भएको छ। छोरीको सुनौलो भविष्यका लागि गाउँपालिकाले यो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए। यस कार्यक्रमले छोरीको सुनौलो भविष्य निर्माणमा सहयोग पुग्ने गाउँपालिकाले विश्वास लिएको छ। यो कार्यक्रम आगामी ०७७/७८ बाट लागु हुने गाउँपालिकाले जनाएको छ।

अन्य समाचार : दक्षिण कोरियाले नेपाली श्रमिकको यति धेरै तलब वृद्धि गर्यो काठमाडौं । दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वोन बढाएको हो । योसँगै नेपालीको पनि तलब बढेको हो ।मजदूर सङ्घका प्रतिनिधि, उद्योग सङ्घका प्रतिनिधि तथा सरकारी कर्मचारीको पटकपटकको बैठकले प्रतिघन्टा १३० वनअर्थात् हालको ज्यालाअनुरुप १.५ प्रतिशत ज्याला वृद्धि गर्ने निर्णय गरेको हो ।

निर्णयानुसार सन् २०२१ देखि प्रतिघन्टा आठ हजार ७२० वोन पुग्ने छ । अर्थात् अब कोरियामा रोजगारी गरिरहेका नेपालीको न्यूनतम ज्याला रु ८७० पुग्नेछ । महिनामा २०९ घण्टा श्रम पूरा गर्ने मजदूरको न्यूनतम तलब रु १८ लाख २२ हजार ४८० वन लगभग रु एक लाख ८० हजार पुग्नेछ ।सन् २०२० लागि २.९ प्रतिशत वृद्धि भएको तलब यस वर्ष भने कम वृद्धि भएको हो । कोरोना माहामारीका कारण कतिपय कम्पनी चल्न मुस्किल भएकाले पनि तलब वृद्धि कम हुन सक्ने बताइएको छ ।जनबोली

Leave A Reply

Your email address will not be published.