सबै मिलेर काेराेनासँग लडाैँ, अवश्य जित्नेछाैँ : महारानी एलिजावेथ

0

एजेन्सी, २४ चैत । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले राष्ट्रका नाममा सम्बोधन गरेकी छन् । विन्जर क्यासलबाट सम्बोधन गर्दै महारानी एलिजाबेथले कोरोना भाइरस महामारी विरुद्धको सङ्घर्षमा यूके सफल हुने बताइन् ।

विगतमा धेरै चुनौतीहरू भोगे पनि यो एकदमै नयाँ भएको भन्दै उनले भनिन्, ‘यस पटक विज्ञानको बृहत् विकास र हाम्रो करुणाभावसहित साझा प्रयत्नका लागि विश्वभरिका देशहरूसँग हामी मिलेका छौँ । हामी सफल हुनेछौँ र त्यो सफलता हामी सबैको हुनेछ ।’

उनले सबै मिलेर याे राेगसँग लड्नुपर्ने पनि बताइन् । ‘हामी सबै मिलेर यो रोगसँग लडिरहेका छाैँ, म फेरि के आश्वस्त पार्न चाहन्छु भने हामी एकबद्ध र दृढ भयौँ भने हामीले याे राेगलाई जित्छाैँ,’ उनले भनिन् ।

उनले सरकारको नियम मानेर घरमै बस्ने मानिसहरूलाई धन्यवाद दिइन् र अरूका लागि सहयोग गर्न जुटेकाहरूको प्रशंसा गरिन् । यस्ताे महामारीकाे बेला पनि खटिएर सामान्य अवस्थामा फर्किने समयको नजिक पुर्‍याउने व्यक्तिहरूलाई पनि धन्यवाद दिइन् ।

अहिलेसम्म यूकेमा कोरोना भाइरस कारण ४ हजार ९३४ जनाले ज्यान गुमाएका छन् भने ४७ हजारभन्दा बढी संक्रमित भएका छन् ।

Leave A Reply

Your email address will not be published.