सुशान्तको प्रेमिका रियाले बलिउडमा नै तरंग आउँने गरी यस्तो लेखिन्

0

काठमाडौ । चर्चित बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको एक महिना पुरा भएको छ । १४ जूनमा सुशान्त सिंह राजपुतलाई आफ्नो बान्द्रास्थित घरमा मृत फेला पारिएको थियो । प्रहरीले सुशान्तले जीवन त्याग गरेको जानकारी दियो । यसपछि भारतमा भाई भतीजावादको चर्चा पनि चल्यो । सलमान खानदेखि लिएर करण जोहारसम्मले यसबाट निकैँ ठुलो आलोचना खेप्नुपर्यो । उनीहरुमाथि सुशान्तलाई मानसिक रुपमा तनाव दिएर जीवन त्याग गर्न वाध्य बनाइएको भन्दै भारतका विभिन्न राज्यमा सलमानसहित आधा दर्जन व्यक्तिहरु विरुद्ध मुद्दा पनि दायर गरिएको थियो । यो घटना अहिले पनि अनुसन्धान हुँदैछ ।

यो बीचमा सुशान्तको मृत्यु भएको महिना दिन पूरा हुँदा उनकी प्रेमिका रिया चक्रवर्तीले इन्स्टाग्राममा एउटा फोटो पोस्ट गरेकी छिन् । एक विशेष सन्देशसहित साझा गरिएको तस्विर निकैँ चर्चामा रहेको छ । साथै रियाले एउटा नोट पनि लेखेकी छिन् । रियाले लेखेकी छिन्, ‘अहिलेसम्म आफ्नो भावनामाथि नियन्त्रण पाउनका लागि जुधिरहेकी छु । आफैंसँग लडिरहेकी छु । मेरो मुटुमा एउटा शून्यता छाएको छ । तिमी ती व्यक्ति हौ जसले मलाई प्रेममा र प्रेमको शक्तिमाथि विश्वास गर्न सिकायौ ।

तिमीले गणितको एउटा सानो फर्मूलाले जीवन बुझ्न कति मद्दत गर्छ भनेर सिकाएको छ । मैले तिमीबाट हरेक दिन सिकेकी छु । तिमी अब छैनौ भनेर मेरो मनले यो कुरा कहिल्यै स्विकार गर्न सक्दैनँ । मलाई थाहा छ तिमी अब आनन्दको जीवन बाँचिरहेको छौ ।’ रियाले थप लेखिन्, ‘चन्द्रमा, तारा, आकाशगंगाले ‘यो वैज्ञानिक’ लाई हात फैलाएर स्वागत गरिरहेका होलान् । अब तिमी पनि ती चम्किलो तारामध्ये एक हौ । मेरो ‘सुटिङ स्टार’ मा तिम्रो प्रतिक्षा गर्नेछु र तिमी फिर्ता होउ भनेर माग्नेछु । म सुन्दर व्यक्ति जस्तो हुनसक्छन् तिमी ठ्याक्कै त्यस्तै थियौ ।

एक उत्कृष्ट व्यक्ति जसलाई संसारले देखे ।’ ‘मेरो शब्द तिमीप्रति मेरो प्रेम व्यक्त गर्न असमर्थ छ र मेरो विचारमा तिमीले भन्न खोजेको पनि यहि थियो जब तिमीले भनेका थियौं कि हाम्रो प्रेम हामी दुईभन्दा माथि छ । तिमीले हरेक कुरालाई खुल्ला मनले प्रेम गर्यौ र अब तिमीले मलाई देखाइदिएको छौ कि हाम्रो प्रेम साच्चै नै थुप्रै गुणा बढी छ । चैनमा बस्नु सुशी । तिमीलाई गुमाएको ३० दिन बितेको छ तर तिमीलाई जीवनभरी प्रेम गर्नेछु । सधैं तिमीसँग जोडिएर, अनन्त र त्योभन्दा पनि पर ।’ रियाको यो नोटमा सोसल मिडियामा विभिन्न प्रकारको प्रतिक्रिया आइरहेको छ । कतिले यसलाई रियाको चर्चामा आउँने तरिका बताएका छन् । तर कतिले यसका लागि रियाको तारिफ पनि गरेका छन् ।

Leave A Reply

Your email address will not be published.