इटलीमा लकडाउन हटाउने तयारी

0

एजेन्सी। इटालीमा लगातार दुई हप्तादेखि मृत्यदर घटेको देखिएपछि लकडाउन हटाउनका लागि योजना बनाइएको घोषणा सरकारले गरेको छ ।

त्यसो त कोरोनाका कारण सबभन्दा बढी मानिसको मृत्यु भएको इटलीमा नै हो । त्यहाँ अहिलेसम्म १५ हजार ८८७ जनाको मृत्यु भइसकेको छ । तर दिनहुँ हुने मृत्युको संख्या अहिले आएर केही घट्दैछ । अनि सघन उपचारमा रहेकाको संख्या पनि शुक्रवारदेखि घटेको देखिएको छ ।

स्वास्थ्यमन्त्री रोबर्तो स्पेरान्जाले व्यापक स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्य सेवालाई थप मजबूत बनाउने योजना आइतवार सार्वजनिक गर्दै मार्च ९ देखि लगाइएको लकडाउन खुकुलो बनाउने बताएका हुन् । लकडाउनका कारण देशको व्यापार ठप्प भएकाले आर्थिक क्षति पुगेको विषयलाई पनि सरकारले मद्देनजर गर्दैछ ।

लकडाउन हटाइएपनि सामाजिक दूरी कायम राख्ने अनि मास्क जस्ता व्यक्तिगत सुरक्षा वस्तु व्यापक प्रयोग गराउने उनले बताए । यसका साथै स्वास्थ्य सेवा प्रणालीलाई बलियो बनाएर कोभिड–१९ को आशंका गरिएकाहरूलाई तीव्र र प्रभावकारी उपचारको व्यवस्था मिलाउने पनि स्वास्थ्यमन्त्रीको भनाइ छ ।

स्वास्थ्य परीक्षण तथा कन्ट्याक्ट ट्रेसिङलाई विस्तार गरिने र त्यसका लागि स्मार्टफोन याप र अन्य प्रकारका विद्युतीय प्रविधिको उपयोग गर्ने र कोभिड–१९ का बिरामीका लागि मात्र समर्पित अस्पतालहरूको सञ्जाल बनाउने पनि उनले बताए । खोप बनेर वितरण नगरेसम्म भाइरसको अर्को लहरलाई खारेज गर्न मिल्दैन,’ स्वास्थ्यमन्त्री स्पेरान्जाले बताए।

Leave A Reply

Your email address will not be published.