एसईईका लागि तयारी अवस्थामा रहेका बिद्यार्थीका लागि लकडाउन खुले पछि राष्ट्रिय परीक्षा बोर्डले दिने भयो यस्तो सुविधा !

0

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्न सरकारबाट जारी गरिएको लक डाउन पूर्णरूपमा खुलेको कम्तिमा दुई सातापछि मात्रै माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले लकडाउन पूर्णरुपमा खुलेर जनजीवन पूर्ववत अवस्थामा फर्केपछि मात्र परीक्षा गरिने जानकारी दिएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण चैत ६ गतेबाट सञ्चालन हुनुपर्ने एसईई परीक्षा हाल स्थगनको अवस्थामा छ । गोरखापत्रमा यो खबर छ

बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले विना कुनै शर्त लक डाउन खुलेपछि एसईईको नयाँ परीक्षा तालिकाका बारेमा जानकारी दिइने बताउनुभयो । विद्यार्थीलाई दुई साताको समय दिएर मात्रै परीक्षा गरिने उहाँको भनाइ छ । एउटा परीक्षा केन्द्रमा तीन सय जनासम्म विद्यार्थी परीक्षामा सहभागी हुने भएकाले भयरहित तरिकाले परीक्षा सञ्चालनका लागि जनजीवन सामान्य अवस्थामा आउनुपर्ने उहाँको भनाइ छ । अहिलको अवस्थामा भने कहिले परीक्षा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा केही भन्न नसकिने उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.