लकडाउन बैशाख ३ सम्म थप्ने सरकारको निर्णय

0

काठमान्डौ , सरकारले जारि ‘लकडाउन’ थप ८ दिन थप्ने भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म ‘लकडाउन’ थप्ने निर्णय गरेको हो । बैठकले नेपाल राष्ट्र ब्याङ्कको रिक्त गर्भनर पदमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने पनि निर्णय गरेको छ। सरकारले यही चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण कम गर्ने उद्देश्य राखेर पहिलो चरणमा लकडाउन गरेको थियो। यस्तै चैत १८ गते पुनःलकडाउनको समय थप गरेर भोलि मङ्गलबारसम्मका लागि थप गरिएको थियो।

चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड-१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको थियो ।सरकारले लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ । तर खाद्यान्‍न तथा अत्यावश्यक वस्तु र ठूला आयोजना सञ्‍चालन गर्न भने दिने निर्णय गरेको छ ।

Leave A Reply

Your email address will not be published.