अस्पतालले भर्ना गर्न नमानेपछि निशाले अकालमै गुमाइन् ज्या’न

0

कपिलबस्तु । दुई अस्पताल धाउँदा समेत उपचारबाट बञ्चित भएकी एक महिलाको कपिलवस्तुमा मृ’त्यु भएको छ। कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं ७ रंगपुरकी ३६ बर्षीया कलामुन निशाको उपचार नपाएर अकालमै ज्या’न गएको हो। आइतबार राति ज्व’रोले च्यापेपछि निशालाई नीजि सवारीको सहायताले कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो।

त्यहाँ अस्पतालले भर्ना गर्न नमाने पछि वि’रामीका आफन्तले उनलाई तत्काल भैरहवा लगे। भैरहवा मेडिकल कलेजले पनि उनलाई भर्ना नलिए पछि पुनः कपिलवस्तु अस्पताल ल्याएको मृ’तकका अफन्तले बताएका छन्। भैरहवाबाट पुनः दोस्रो पटक पनि कपिलवस्तु ल्याउँदा समेत अस्पतालले भर्ना गर्न नमानेपछि निशालाई घरमा लगिएको थियो।

अस्पतालले भर्ना गर्न नमानेपछि परिवारले कपिलवस्तुका सिडिओलाइ गु’नासो गरेका थिए। सिडिओले अस्पताललाई फोन गरेर बि’रामी किन भर्ना नगरेको भनेर सोधपुछ गरेपछि अस्पताल भर्ना गर्न तयार भएको थियो। सोमबार बिहान अस्पताल पुर्याएपछि चिकित्सकले महिलालाई मृ’त घोषणा गरेका हुन्।

मृ’तक निशालाई तीन दिन अघि सामान्य ज्व’रो आएको र एक मेडिकलबाट औषधि खाएको आफन्तले बताएका छन्। त्यो औषधिले काम नगरेपछि उनलाई आइतबार राति अस्पताल लगिएको थियो। उनलाई ज्व’रोले च्याप्दै लगेपछि अस्पताल ल्याएको भएपनि चिकित्सकले भर्ना गर्न नमान्दा अकालमै उनको ज्या’न ग’एको परिवारले गु’नासो गरेको छ। सामान्य ज्व’रो आएका विरामीलाई अस्पतालले भर्ना नगर्दा अकालमै महिलाको ज्या’न ग’एको कपिलवस्तु स्थित मायादेवी अनलाइनले उल्लेख गरेको छ। विश्वभर म’हामारीको रुपमा फैलिएको को’रोनाको त्रा’सले सामान्य ज्व’रो आएका वि’रामीलाई पनि अस्पतालले भर्ना नगर्ने क्रम बढ्दो छ।

Leave A Reply

Your email address will not be published.