प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्दै

0

काठमाडौं, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बाेधन गर्ने तयारी गर्नु भएको छ । कोरोना भाइरसको कारण मुलुक संकटमा परेको बेला प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे देशबासीको नाममा सम्बोधन गर्न लाग्नु भएको हो ।

उहाँकाे आजको सम्बोधन पनि कोरोना भाइरसको रोकथाम र नागरिकको सचेतनामा अपिलमै केन्द्रत हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । यसअघि पनि प्रधानमन्त्रीले काेराेनाबारे देशबासीकाे नाममा सम्बाेधन गर्नुभएकाे थियाे ।

प्रधानमन्त्री ओलीले आज गर्ने देशबासीको नाममा सम्बोधन गर्ने बारे सोमबारको मन्त्रीपरिषद बैठकमा जनकारी गराउनु भएको थियो । सरकारले कोरोना भाइरसको संक्रमण नेपालमा फैलन नदिन चैतको ११ गतेबाट २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।

यो अवधि नसकिँदै कोरोना संक्रमितको संख्यना ९ पुगेपछि मंगलबारको मन्त्रीपरिषद् बैठकले बैशाख ३ गतेसम्म लकडाउन अवधि थप गरेको छ । यद्यपि अत्यावश्यक सेवालाई भने निर्वाध रुपमा संचालन हुन दिइने छ । सरकारले लकडाउन अवधिभर घरभित्रै बस्न आग्रह गरेको छ।

मंगलबारको बैठकले उच्चस्तरीय समन्वय समितिमा नरहेका र काम नदेखिएका मन्त्रीहरूलाई प्रदेश सरकार र अन्य दलसँग समन्वय, नीति योजना बनाउन परिचालन गर्ने निर्णय पनि गरेको थियो ।

Leave A Reply

Your email address will not be published.