अमेरिकामा कोरोनाका कारण मर्नेको संख्या साढे १० हजार नाघ्यो, एकै दिन १२ सयबढीको मृत्यु

0

काठमाडौँ, २५ चैत । अमेरिकामा लगातार पाचौँ दिन पनि कोरोना भाइरसका कारण १ हजारभन्दा बढीको मृत्यु भएको छ ।

सोमबार एकैदिन अमेरिकामा कोरोना भाइरस (कोभिड १९) का कारण १ हजार २५५ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ ज्यान गुमाउनेको संख्या ११ हजार नजिक पुगेको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोभिड १९ का कारण १० हजार ८७१ जनाको मृत्यु भएको वल्र्डोमिटर्सले जनाएको छ । सोमबार त्यहाँ ३० हजार ३३१ जना नयाँ संक्रमित फेला परेका छन् । यससँगै अमेरिकामा कुल संक्रमितको संख्या ३ लाख ६७ हजार ४ पुगेको छ ।

हालसम्म संक्रमितमध्ये १९ हजार ६७१ जना भने निको भइसकेका छन् । ३ लाख ३६ हजार ४६२ जनामा कोरोना भाइरस सक्रिय रहेको छ । तीमध्ये ८ हजार ७०२ को अवस्था गम्भीर रहेको जनाइएको छ ।

आइतबार पनि अमेरिकामा कोरोनाका कारण १ हजार १६५ जनाको मृत्यु भएको थियो भने २५ हजार ३१६ नयाँ संक्रमित भेटिएका थिए । शुक्रबारयता लगातार १ हजारबढीको मृत्यु भइरहेको छ ।

अमेरिकामा शनिबार एकै दिनमा अहिलेसम्मकै सर्वाधिक नयाँ संक्रमित ३४ हजार १९६ देखा परेका थिए । शनिबार एक दिनमा काेराेनाका कारण मृत्यु हुनेको संख्या पनि हालसम्मकै सर्वाधिक १ हजार ३३० थियो । यसैगरी शुक्रबार पनि अमेरिकामा काेराेनाका कारण एकै दिन १ हजार ३२० जनाले ज्यान गुमाएका थिए ।

अमेरिकामा सर्वाधिक संक्रमित तथा न्यूयाेर्क राज्यमा देखिएकाे छ भने त्यसपछि न्यूजर्सीमा । न्यूयाेर्कमा मात्रै हालसम्मा काेराेनाका कारण ४ हजार ७५८ जनाकाे मृत्यु भएकाे छ । न्यूजर्सीमा पनि मृतक संख्या १ हजार नाघेकाे छ ।

हेर्नुहाेस् बढी प्रभावित १५ राज्यकाे सूची–

Leave A Reply

Your email address will not be published.