प्रधानमन्त्री ओलीसँग सहमति गरेर अघि बढ्नुको विकल्प छैनः अध्यक्ष प्रचण्ड

0

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेर अघि बढ्नुको विकल्प नरहेको निष्कर्ष निकालेका छन् । सोमबार विहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले ओलीसँग सहमति गरेर मात्रै अगाडी बढ्न सक्ने निष्कर्ष निकालेका हुन्।

प्रचण्डले सोमबार विहान आफु निकट स्थायी कमिटी सदस्यहरुलाई बोलाएर शीर्ष तहमा भएको छलफल र प्रगतीबारे बिफ्रिङ गरेका थिए। नेकपाको ४४ सदस्य रहेको स्थायी कमिटीमा रहेका पूर्वमाओवादीका १५ जना बैठकमा सहभागी भएका थिए।

बैठकमा नारायणकाजी श्रेष्ठ, देव गुरुङ र मातृका यादवबाहेक सबै स्थायी समिति सदस्यले ओली–प्रचण्ड मिल्न सुझाव दिएका थिए। साउन ३ गतेको सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने र सबै कुरा त्यही टुंगो लगाउने प्रस्ताव ओलीले राखेपछि मोटामोटी त्यसमै समझदारी भएको थियो। शीर्ष तहमा चर्किएको कलहको टुंगो लाग्न नसक्दा स्थायी कमिटीको बैठक ८ पटकसम्म स्थगित भएको छ। यसबीचमा ओली र प्रचण्ड तथा अन्य शीर्ष नेताहरुबीच बालुवाटारमा हरेक दिन जसो बैठक बसे पनि कुरा मिल्न सकेको छैन्।

Leave A Reply

Your email address will not be published.