प्रचण्डलाई ओलीको प्रस्ताव: तपाईं र म मिलौं, भैंसी तान्दा जुम्राहरू आफैं तानिन्छन्

0

काठमाडौं। सत्तारुढ नेकपाभित्रको विवाद समाधानका लागि भएका छलफलमा नेताहरुको संवादका वाक्यांशले उनीहरुबीचको ति’क्तता र कटु’तालाई प्रष्ट्याइरहेको छ । गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहितका सदस्यहरुले राजीनामा मागेका थिए।

राजीनामा नदिने अडानमा रहेका प्रधानमन्त्री ओलीले सम्भावित अविश्वासको प्रस्थावलाई छेक्न संघीय संसदको बर्खे अधिवेशन नै अन्त्य गराए। यसपछि नेकपाभित्रको वि’वाद चरमोत्कर्षमा पुग्यो । विवाद समाधानका लागि भन्दै मध्य असारदेखि स्थायी कमिटी बैठक स्थगित गरेर अध्यक्षद्वय ओली र प्रचण्ड छलफलमा जटिरहे, कहिले काहीँ विष्णु पौडेल र जनार्दन शर्मालाई साक्षी पनि राखे । तर, सहमति जुटे।

लगातार दुई अध्यक्षबीचको छलफलमा ओली र प्रचण्डबीच सहमति भइसकेको, तर माधवकुमार नेपाललाई सहमत गराउन नसक्दा नेकपा विवाद लम्बिएको चर्चा पनि चलिरह्यो । कोरोनाभाइरसको कहर र प्राकृतिक विपत्तिले मुलुक र जनता पी’डि’त भइरहँदा सत्तारुढ दलको घरझग’डाले कार्यकर्तामात्रै होइन आमनागरिकलाई नि’राशा बनाइरह्यो।

गत शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले गरेको पार्टीको एकता महाधिवेशन आउँदो मंसिरमा गर्ने प्रस्तावलाई अर्का अध्यक्ष प्रचण्डले समर्थन जनाए । तर, नेता नेपाल, खनाल समूह सशंकित हुँदै मंसिरमा महाधिवेशन गर्न नसकिने निष्कर्षमा पुग्यो र प्रचण्डलाई ‘कम ब्याक’ गराए । खनाल, नेपाल समूहका कारण बोल्ड निर्णय गर्न नसकेका प्रचण्डलाई ओलीले दुईवटा प्रस्ताव राखेको विषयले राजनीतिक वृत्तमा चर्चा पाएको छ।

बारम्बारको छलफलबाट सहमति जुटाउन नेता नेपाल बाधक ठानेपछि ओलीले प्रचण्डलाई दुईवटा प्रस्ताव राखेको विषयले चर्चा पाएको हो । प्रचण्डलाई ओलीले कि आफ्नो समूह आउन र नआउने हो भने नेपाल समूहमा जाने फैसला गर्न भनेका छन् । पहिलो प्रस्ताव गर्दै प्रचण्डलाई ओलीले भने, ‘तपाईं मेरो टिममा बस्ने कि माधव नेपालको टिममा, यसबारे फैसला गर्नुहोस्।

यससँग प्रचण्डलाई अर्काे प्रस्ताव गर्दै ओलीले भने, ‘तपाईं र म मिलौं। भैंसी तान्दा जुम्राहरू आफैं तानिएर आउँछन्।’ प्रचण्डलाई गरेको प्रस्तावमा प्रयोग गरिएका शब्दावलीले नेता नेपालप्रति ओली कति रुष्ट रहेछन् भन्ने पनि प्रष्ट्याएको छ । मझधारमा रहेका प्रचण्ड अलमलमा परिरहेका छन्।

Leave A Reply

Your email address will not be published.