विबाहको खर्च कटाएर रंगशालालाई १ लाख सहयोग गरे यि दम्पत्तीले

0

काठमाडौं – देश विदेशका नेपालीहरुको ठूलो सहयोगबाट भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको धमाधम निर्माण भइरहेको छ । यसबिचमा रंगशालालाई आफ्नो मानु काटेर दिनेहरुको संख्या दिननुदिन बढ्दो छ । जसमध्येका एक हुन् गैंडाकोट १ प्रतिभाटोल निवासी बस्याल परिवार ।

गुनाखर बस्यालले छोरा प्रकाश वस्यालको विवाहकै अवसर पारेर रंगशाला निर्माणका लागि एक लाख एक हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । विबाहको केही खर्च कटाएर बस्याल दम्पत्तीले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई चेक हस्तान्तरण गरेका छन् ।

अन्य समाचार : भारतका चर्चित कलाकार दिलिप कुमार क्वारेन्टाइनमा एजेन्सी-भारतका चर्चित कलाकार दिलिप कुमार क्वारेन्टाइनमा बसेका छन् । ९७ वर्षका नायकले ट्टि गर्दै यस्तो जानकारी दिएका हुन् । उनले नोभेल कोरोनाभाइरसको महामारीबाट बच्नका लागि सावधानीस्वरुप आफूलाई पूर्ण आइसोलेशन र क्वारेन्टाइनमा राखेको बताएका छन् ।

‘कोरोना भाइरसको संक्रमणपछि मैले आफूलाई पूर्ण रुपमा आइसोलेशन र क्वारेन्टाइनमा राखेको छु,’ कुमारले ट्वीट गरे । ‘सायराले मलाई कुनै पनि संक्रमण नहोस् भन्ने कुराको सुनिश्चित गरेकी छिन् ।’कोरोनाले सबै सीमा पार गरिरहेको हुनाले उनले प्रशंसक र फलोअर्सलाई सकेसम्म घर भित्रै बस्न आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.