युएईका युवराजले प्रधानमन्त्री ओलीलेसंग भने, नेपाली नागरिकलाइ आफ्नै नागरिकसरह व्यवहार गर्छौं

0

२४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ युएईका युवराज शेख महोम्मद विन जायद अल नह्यानसँग टेलिफोन संवाद गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमण फैलिरहेका बेला त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको सन्दर्भमा युवराजसँग जिज्ञासा राखेको जानकारी आफ्नो टि्वटर ह्यान्डलबाट दिएका छन् ।
प्रधानमन्त्रीसँग कुराकानीमा त्यहाँका युवराजले नेपालीहरु इमान्दार र परिश्रमी रहेको बताएका थिए ।

‘उनीहरुले युएईको आर्थिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दछु, ढुक्क रहनुहोस् नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्छाैं,’ युवराजको भनाइ उदृत गर्दै प्रधानमन्त्रीले लेखेका छन् ।

यूएइमा अहिलेसम्म ११ जना नेपाली कोरोना संक्रमित भएका छन् । त्यसमध्ये दुई जना निको भएर डिस्चार्ज भइसकेका छन्

बेलायती समकक्षी जोनसनको स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

कोरोना भाइरस (कोभिड- १९)को संक्रमण भएर आईसीयूमा भर्ना भएका बेलायती प्रधानमन्त्री जोनसनको प्रधानमन्त्री ओलीले मंगलबार स्वास्थ्यलाभको काामना गरेका हुन्।

जोनसन आईसीयूमा भर्ना भएको आफूले जानकारी पाएको र कोरोना भाइरसँग लड्ने क्षमता रहेको ओलीले सामाजिक सञ्‍जाल ट्विटरमा लेखेका छन्।

कोरोना भाइरसको संक्रमणपछि आइतबार अस्पताल भर्ना भएका जोनसनको स्वास्थ्य अवस्था खस्कँदै गएपछि आईसीयूमा सारिएको उनको कार्यालय टेन डाउनिङ स्ट्रिटले जनाएको छ।

५५ वर्षीय जोनसनले आइतबार साँझ आफू नियमित परीक्षणका क्रममा अस्पताल भर्ना भएको र सबै एकजुट भएर लडेमा कोरोना भाइरसविरुद्धको लडाइँमा सफलता हात पार्ने विश्वास दिलाएका थिए।

Leave A Reply

Your email address will not be published.