कतारमा कोरोना : एकैदिन २७९ जना संक्रमित, एक जनाको मृत्यु , चार जना पूर्णरुपमा निको

0

दोहा। विश्वभर महामारीकै रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड -१९ ) का कारण कतारमा थप एक जनाको ज्यान गएको छ। यससंगै कतारमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या चार पुगेको हो। कतार स्वास्थ्य तथा सार्वजनिक मन्त्रालयले आइतबार जारी गरेको रिपोर्ट अनुसार पछिल्लो चरमणमा एकैदिन एक जनाको मृत्यु, २७९ जना संक्रमित र ४ जना पूर्णरुपमा निको भएका छन्।

कोरोना भाइरसबाट संक्रमित सबैलाई क्वारेनटाइनमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म कतारमा कुल १६०४ जनामा संक्रमण भेटिएको छ, जसमध्य १२३ जना पूर्णरुपमा निको भइसकेका छन्।

कतार सरकारले हरेकदिन हजारौं नागरिकको ‘स्वाब टेस्ट’ कोरोनाभाइरसको परिक्षण गर्दै आएको छ। आइतबार मात्रै तिन हजार आठ सय जनामा कोरोना परिक्षण गरिएको थियो। हालसम्म कतारमा कुल ३५७५७ जनामा कोरोना परिक्षण गरिएको छ।

पछिल्लो पटक भाइरसका कारण मृत्यु भएका व्यक्ति ८८ बर्षिय कतारी नागरिक रहेको मन्त्रालयले जनाएको छ । मृतक कतारी नागरिक मुटु रोग लगाएत विभिन्न रोगबाट ग्रसित थिए। उनलाई अन्य रोगका कारण अस्पताल भर्ना गरिएको भएता पनि पछि कोरोना भाइरस परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

रोबोटबाट निरक्षण गर्दै प्रहरी कतार सरकार आन्तरिक मामिला मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न रोबोट प्रयोग गर्ने भएको छ। प्रतिबन्धित क्षेत्रमा यात्रा गर्ने र अनावस्यक भिडभाड गर्नेहरुलाई निरक्षण गर्न मन्त्रालयले ‘अल असास’ नामक रोबोट प्रयोगमा ल्याएको छ। रोबोटमा मानिसको अनुहार सहजै अनुहार चिन्न सक्ने प्रविधि र लाउड स्पिकर जडान गरिएको छ।

कतारले यस अघि औद्योगिक क्षेत्र सनैया लगाएत देशका विभिन्न ठाउँमा लकडाउनको निगरानी गर्न ड्रोन संचालनमा ल्याईसकेको छ। सरकारले कोरोना भाइरस फैलन रोक्नबाट ल्याएको नियम उल्लंघन गरे जो कसैलाई पनि कडा कारवाही गर्ने जनाएको छ।

Leave A Reply

Your email address will not be published.