अब चीनमा १२ सय मात्रै कोरोना संक्रमित, २४ घण्टाभित्र एक जनाको पनि मृत्यु भएन

0

काठमाडाैं, २५ चैत । कोरोना भाइरसकाे प्रकोपका कारणले विश्व आक्रान्त बन्दै गइरहेको छ । अर्थतन्त्र नराम्रो सँग प्रभावित भएको छ, व्यापार व्यवसाय ठप्प भएका छन् । विभिन्न देशहरुले कोरोनाबाट बच्न लकडाउन अपनाइरहेका छन् ।

गत डिसेम्बरदेखि चीनको वुहानमा महामारीको रूप लिएको भाइरसले पछिल्लो समय चीन बाहिर संकट निम्त्याइरहेको छ । अहिले युराेपेली देशहरू बेलायत, जर्मनी, फ्रान्स, बलेजिय र अन्या देशरहरू अमेरिका, स्पेन, इटालीकाे अवस्था भयवह हुँदै गएकाे छ । यत चीनले भने काेराेनाविरूद्धकाे लडाइँ जित्न लागेकाे छ ।

अहिले चीनमा १२ सय ४२ जनामा मात्रै काेराेना सक्रिय रहेकाे छ । चीनमा अहिलेसम्म ८१ हजार ७४० जना काेराेनाबाट संक्रमित भएका छन् । तर ७७ हजार १६७ जना भने पूर्णरूपमा निकाे भइसकेकाे छ । अहिलेसम्म चीनमा काेराेनाका कारण ३३ सय ३१ जनाकाे मृत्यु भएकाे छ ।

पछिल्लो २४ घण्टामा चीनमा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । यद्यपि, ३२ नयाँ संक्रमण भने देखिएको छ । चीनमा कोरोनाभाइरस संक्रमणका कारण कसैको मृत्यु नभएको यो पहिलो घटना हो ।

Leave A Reply

Your email address will not be published.