कोरोना भाइरसका बि,रा,मी,को सेवा गर्दागर्दै बेलायतमा यी नर्स आफैले गु,मा,इ,न ज्या-न !

0

बेलायत- बेलायतमा कोरोना भाइरसबाट ३६ वर्षीय नर्सको नि,ध,न भएको छ । तीन सन्तानकी आमा अरीमा नसरीनले कोरोना भाइरसबाट ज्यान गुमाएकी हुन् । उनी वाल्सल मनोर अस्पतालमा एक्यूट मेडिकल युनिटमा काम गर्दै आएकी थिइन् ।मृ-त,क नर्सकी बहिनी काजीमा नसरिनले उनी एक बहुप्रतिभाशाली भएको बताउँदै उनकाे निधनमा गहिरो दु,,ख व्यक्त गरेकी छिन् । उनले भनिन, ‘हामीले एउटा बहुप्रतिभाशाली नर्स गुमायौँ, हामीले जीवनमा एक अ,द्भु,त व्यक्तिलाई पनि गु,मा,यौँ ।’

उनी काममा अब्बल भएकै कारण समाजमा उदाहरणीय बनेकी थिइन् । उनी बिरामीको हेरचाहमा मात्र नभएर समुदायको सधैँ हितमा लाग्ने गर्थिन् । उनले कुनै मानिस पैसाका कारण समस्यामा छन् ,कोही तीर्थयात्रामा जान चाहन्छन् तथा गरिब छन् तिनीहरूको लागि पैसा पठाउने गर्दथिन् ।नसरिनको गत शुक्रवार बिहान इन्टेन्सीभ केयर युनिटमा उपचारका क्रममा निधन भएको हो । उनलाई कोरोना भाइरस सङ्क्रमण भएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

त्यस्तै बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइतवार साँझ अस्पताल भर्ना भएका छन् । कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनसम्म उनलाइ घरमा नै क्वारेन्टाइनमा रहदै आएका थिए । कोरोनाको लक्षणहरू उस्तै रहेको र तापक्रम पनि रहेकाले लन्डनस्थित अस्पतालमा र्पुयाइएको हो ।सावधानीको रुपमा यो कदम चालिएको बताइएको छ । तर हाल उनको अवस्था सामान्य रहेको सोमबार बताइएको छ । कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको उनका चिकित्सकले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.