त्रिशूली पावर हाउसको नहरमा हा*म फा*लेर एक महिलाको मृ*त्यु, सेनाको सेन्ट्रीले सिट्ठी फुकेर नजान भन्दा नि मानिनन्

0

नुवाकोट — त्रिशूली जलविद्युत् उत्पादन केन्द्रको नहरमा हाम फालेर एक महिला ज्या* न गएको छ । महिलाले पानीमा हाम फालेको स्थानीयले देखेर बचाउने कोसिस गरिए पनि पानी धेरै भएकाले बचाउन नसकिएको बताइएको छ ।

केन्द्रको सुरक्षार्थ सेनाको सेन्ट्रीले सिट्ठी फुकेर पानीमा नजान भन्दा एक्कासि ती महिला हा* म फालेको प्रहरीले जनाएको छ । यद्यपि उक्त महिलाको पहिचान भने भइनसकेको बताइएको छ । उक्त श* वको त्रिशूली अस्पतालको श* वगृहमा राखिएको छ ।

अन्य समाचार : सौगात मल्लको ‘लप्पन छप्पन दुई’लाई लाग्यो चोरीको आरोप काठमाडौं, चैत ४ – चलचित्र लपन छप्पन २ लाई गीत चोरीको आरोप लागेको छ । चलचित्र लपन छप्पन २ लाई चोरीको आरोप गायक प्रकाश ढकालले लगाएका हुन् । गायक ढकालले आफुले एक बर्षअघि गायिका रितु केसीसंग मिलेर गाएको गीत झुसे बारुला गीतसंग शव्द मिल्न गएको आरोप लगाएका छन् ।

सो गीतको शव्द संकलन ढकालले नै गरेका थिए भने, संगीत संयोजन कृष्ण विके र अडियो संयोजन श्यामश्वयत रसायलीले गरेका थिए । मुकुन्द भट्टद्धारा निर्मित लपन छप्पन २ को हालै सार्वजनिक गरिएको गीतमा राजेन्द्र भट्टका शब्द शृजना रहेका छन् भने अजुन पाण्डे, विद्या तिवारी र राजेन्द्र भट्टको स्वर रहेको छ ।

मुकुन्द भट्टको निर्देशन रहेको फिल्ममा सौगात मल्ल र अर्पण थापा, अनुप विक्रम शाही, शिव श्रेष्ठ केरोलिन कोलिन्डा, सृजना सिना लगायतको अभिनय देख्न सकिनेछ ।

Leave A Reply

Your email address will not be published.