भारतीयहरूको टिप्पणीका कारण इजरायलका प्रधानमन्त्रीका छोराले हिन्दूहरुसँग मागे माफी

0

आइतबार उनले सरकारी वकिल लिआत बेन अरीको ठाउको जोडिएको देवी दूर्गाको एक तस्वीर पोष्ट गर्दै भनेका थिए -‘आफ्नो औकात बुझ तुच्छ व्यक्तिहरु हो ।’ तर उनले साेमबार माफि माग्दै साे पाेष्ट डिलिट गरेका थिए । ती वकिल आफ्ना बुवा अर्थात त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्धको भ्रष्टाचारको मुद्दा हेर्दै आएकी छन् । तस्बीरमा अभद्र तस्बीरहरु समेत देख्न सकिन्थ्यो ।

त्यस तस्बीरका बिषयलाई लिएर येरको सर्बत्र आलोचना भएपछि उनले माफी मागेका हुन् । उनले माफी माग्दै भनका छन् – ‘मैले एक व्यंग्यात्मक पेजबाट मेमे शेयर गरेको थिएँ । जसमा इजरायलका नेताहरुको आलोचना गरिएको थियो । यो तस्बिर सम्बन्ध हिन्दू धर्मप्रतिको आस्थासँग छ भन्ने मलाई थाहा थिएन । ‘मलाई जब मेरा भारतीय साथीहरुले त्यसबारे टिप्पणी गरेपछि थाहा भयाे । त्यसपछि मैले मेरो ट्विट डिलिट गरिदिएँ । म यसको लागि माफी चाहन्छु ।’

Leave A Reply

Your email address will not be published.