एकाबिहानै पहिरो जाँदा एउटै घरका ७ जना बेपत्ता
कालिकोट। कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा ७ जना बेपत्ता भएका छन्। बुधबार बिहान सवा ४ बजे गएको पहिरोमा नरहरिनाथ-७ मा रहेको गंगे बुढाको घर पुरिँदा उनीसहित ६ जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा ६२ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैनी बुढा, २४ वर्षीया बुहारी कुश्मा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, ७ वर्षीय नाति राम बुढा र १८ महिने नाति चरित्र बुढा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए।
पहिरोमा परी गंगे बुढाकी छोरी विमला बुढा घा’इते छन्। उनलाई उपचारका लागि स्थानीय कुमाल बजारमा लगिएको एसएसपी बास्तोलाले जानकारी दिए। पुरिएको घरका ११ जनाको परिवारमध्ये ४ जना सकुशल रहेको उनले बताए।