थपिए २१० संक्रमित, कुल संक्रमित १९२७३ मध्ये १४०२१ जना निको भए

0

१४ साउन, काठमाडौं । आज बुधबार २ सय १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार ३ सय ६० वटा सक्रिय केशहरु छन् ।

पछिल्लो २४ घण्टामा १ सय ४६ जना डिस्चार्ज भएसंगै हालसम्म १४ हजार २१ जना संक्रमित उपचारपछि निको भएका छन् ।

अन्य समाचार : काठमाडौं / लोक तथा दोहोरी गीतमा काम गर्ने कलाकारहरूका लागि सबैभन्दा महत्त्वपूर्ण समय हो, तीज । तीजको समय कलाकारहरूलाई भिडियो छायाङ्कनदेखि स्टेज कार्यक्रमसम्म भ्याई नभ्याई नै हुन्छ ।

तर, कोरोनाका कारण कलाकारहरूलाई यस वर्ष तीजमा मन्दी छाएको छ । न पहिलाको जस्तो गीतको छायाङ्कन चलेको छ, न त कुनै स्टेज कार्यक्रम नै आयोजना भएका छन् । सबै कलाकार फुर्सदिला नै छन् ।

तीजको समय सबैभन्दा व्यस्त हुने मोडल हुन्, अञ्जली अधिकारी । अञ्जलीले १ वर्षमा ५० भन्दा बढी तीज गीतमा अभिनय गर्थिन् ।सोहीअनुरूप स्टेज कार्यक्रममा पुग्थिन् ।

यस वर्ष भने अञ्जलीलाई पनि कुनै ताकेता छैन । उनी फुर्सदले भिडियोमा काम गर्न भ्याइरहेकी छन् । यस वर्ष उनले केही तीज गीतमा मित्र अभिनय गर्न भ्याएकी छन् ।

अञ्जली भन्छिन्, ‘पहिलाको जस्तो अवस्था यस वर्ष रहेन । पहिला दौडधुप गरेर काम गर्नुपर्थ्यो । यस वर्ष आधाको पनि आधा कम भएको छ ।’

उनै अञ्जलीको अभिनयमा रहेको यो गीत हेरौं!

Leave A Reply

Your email address will not be published.