थप २ जनाको कोरोनाबाट मृ’त्यु, मृ’तकको संख्या ५१ पुग्यो

0

काठमाडौं। नेपालमा कोरोनाभाइरसको सं’क्रमणबाट थप २ जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा वीरगन्जका दुई पुरुष रहेका छन्। जसमा वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचार गराइरहेका ७० वर्षीय पुरुष र गण्डक अस्पतालमा उपचार गरिरहेका ६८ वर्षीय पुरूष रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताए।

उनीहरुको नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको थियो । दुबै जना पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको जनाइएको छ।

गण्डक अस्पतालमा मृ’त्यु भएका कोरोना संक्रमितमा मुटुको समस्या र नेशनल मेडिकल कलेजमा मृ’त्यु भएका पुरुषलाई झाडापखालाको समस्या रहेको बताइएको छ । यससँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ५१ पुगेको छ। वीरगन्जका दुबै जनाको कोरोनाबाट मृ’त्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ।

Leave A Reply

Your email address will not be published.