मृत्युसँग लडिरहेका कलाकार अनुपमको उपचारमा पैसाको अभाव, सोनुले गर्ने भए सहयोग

0

काठमाडौं – बलिउड अभिनेता सोनु सुदले पछिल्लो समय समस्यामा परेका गरिब परिवारलाई सहयोग गरिरहेका छन् । सहयोगी मन भएका सोनुले समाजसेवाबाट सबैको मन जितिरहेका छन् ।

समस्यामा परेकालाई सहयोग गर्दै आएका सोनुको कामले उनका फ्यानहरुले तारिफ गरिरहेका छन् । एकपछि अर्को गर्दै समस्यामा परेकाहरुलाई सहयोग गरिरहेका सोनुले फेरि अर्को राम्रो काम गरेका छन् ।

मृत्युसँग लडिरहेका अभिनेता अनुपम श्यामलाई उनले सहयोग गर्ने बचन दिएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि अनुपमलाई अस्पतालमा भर्ना गरिएको थियो । भारतको लोखन्डेवालाको सुबुर्बन अस्पतालमा उपचार गराइरहेका उनलाई अहिले सहयोगको निकै खाँचो छ ।

उपचार गराउने पैसा नभएपछि उनका भाई अनुरागले सबैलाई सहयोग गर्न अपिल गरे । उनले दाईलाई उपचार गराउदा कमाएको जति सकिएको बताउदै भनेका छन् सोमबार रातीबाट नै मैले उहाँलाई अस्पतालमा भर्ना गराएको छु । मैले १० दिन अगाडी साथीहरु सँग ऋण खोजेर उहाँको डाइलासिस त गराए, तर अब म सँग पनि पैसा छैन । डाक्टरले मृगौंला नै फेर्नुपर्ने बताएका छन् ।

उनले यो स्टाटस लेखेर सोनु सुड र आमिर खानलाई मेन्सन गरे । सोनुले तत्कालै आफुले सहयोग गर्ने बताए । तर अमिर भने केही बोलेनन् ।

Leave A Reply

Your email address will not be published.