कार्टुनमा भेटिएकी नानीको न्वारन हुँदै : प्राप्तिका नाम राखियो, पहिलो पटक बुवा आमासँगै

0

विस्कुटको कार्टुनमा राखेर छोडेकी सानी नानीले अन्तत बुवा आमा मात्र पाईन । उनको यही आईतबार न्वारन पनि हुँदैछ । पुस्पा अधिकारीको जोडीलाई उनले बुवा आमाको रुपमा पाएकी छिन । उनको नाम पनि जुराईएको छ भने नाम प्राप्तिका राखिएको छ । स्वास्थ्यमा केही समस्या नआओस भनी उनलाई आजै स्वास्थ्य जाचका लागि कान्तीबाल अस्पातलमा देखाईयो ।

जस्ले नानीलाई त्यस्तो अवस्थामा छोड्यो उनलाई जन्मदिने आमा रातभरी दु:खले ननदियाको हुनुपर्छ र म पनि त्यसै गरी छोरी पाएको खुशीले ननिदाएको पुस्पा बताउछिन । १५ जना अन्य छोरी हेरिरहेकी पुष्पले प्राप्तिकाको हेरचाहमा कुनै कसुर बाँकी नराख्ने पनि बताईन । यही आउदो मङ्सिरमा उनको पास्नी पनि गर्ने जानकारी उनले दीईन । ओएस नेपाल बाट

यो समाचार पनि पढ्नुहोस,काठमाडौं, १४ साउन । प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशको अपार आकर्षणपछि न्यूज २४ टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘सीधाकुरा जनतासंग’को यात्रा प्रदेश नम्बर ५ प्रवेश गरेको छ । को रोना भा इरस म हामारीको सं क्रमण र बाढी पहिरोको त्रा सबीच जनताको घरदैलो अभियान सुरु गरेको सीधाकुरा जनतासंगले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आफ्नो उपस्थिति प्रभावकारीरुपमा जनाइसकेको छ ।

सीधाकुरा जनतासँगको भोलि (विहीबार)को एपिसोड प्रदेश ५ बाट प्रत्यक्ष प्रसारण हुँदैछ । यस्का लागि प्रदेश ५ का दर्शकहरुले ९८०१५७२४२४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । विकास र समस्याका कतिपय मु द्दामा राज्यको नजर पर्न नसकेको र जनताको गुनासो सुन्ने निकायहरु मौन बसिदिएको अवस्थामा सीधाकुराले यिनै आवाज र गुनासोहरुको प्रतिनिधित्व गर्दै आएको छ ।

प्रदेश १ र प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका जनताहरु आफ्ना समस्या र गुनासो बोकेर सर्वसाधारण न्यूज २४ को घरदैलो अभियानमा होमिएका थिए । ठूलो संख्यामा उपस्थित उनीहरुले स्थानीय समस्या र आफूहरुमाथि आइपरेको अन्यायमा आवाज उठाइ दिन न्यूज २४ समक्ष अनुरोध गरेका थिए ।

को रोना भा इरस को भिड १९ को म हा मारीको कारण आम जनता आफ्नो गुनासो गुम्साएर आ–आफ्नै घरमा बस्न विवश भएको अवस्थालाई चिर्दै न्यूज २४ को सीधाकुरा जनतासंगको टोली जनताको घर दैलोमा पुग्ने अभियान आरम्भ गरेको हो ।

गत असार २८ गतेदेखि प्रदेश १ बाट सुरु भएको यस घरदैलो अभियान सातै प्रदेशमा पुग्नेछ । यस यात्राको क्रममा सीधाकुरा जनतासंग कार्यक्रम प्रदेश १ को इलाम , झापा, सुनसरी, प्रदेश २ को जनकपुर र बीरगञ्ज, बागमती प्रदेशको चितवन, गण्डकी प्रदेशको कास्की र बागलुङबाट प्रसारण भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.