Breaking: बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यमा सुधार, भेन्टिलेटर बिनै अक्सिजन लिन थाले !

0

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यमा सुधार भएको छ । सोमबार आईसीयूमा राखिएका ५५ वर्षीय बोरिस जोन्सनको को’रोना संक्रमणको लक्षणहरु बिग्रिँदै गएपछि उनलाई आईसीयूमा राखिएको थियो । १० डाउनिङ स्ट्रिटका प्रवक्ताले भने, “प्रधानमन्त्रीलाई अक्सिजन दिइएको छ । तर, भेन्टिलेटरमा हुनुहुन्‍न ।” प्रधानमन्त्री जोन्सनलाई आइतबार सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । डाउनिङ स्ट्रिटका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर छ ।

उहाँलाई अहिले अक्सिजन दिइएको छ । उहाँले अन्य कुनै सहायतबिना सजिलै श्‍वास फेरिरहनुभएको छ । उहाँलाई अहिले कुनै मेकानिकल भेन्टिलेटर अथवा अन्य श्वासप्रश्वास सहयोगीको प्रयोग गरिएको छैन ।” जोन्सनलाई नि’मोनियाँ पनि नभएको जनाइएको छ ।प्रधानमन्त्री जोन्सनलाई यसअघि २७ मार्चमा को’रोना संक्रमण भएपछि लामो समय सेल्फ-आइसोलेसनमा बसेका थिए । आइसोलेसन नियमित हुँदै उनलाई समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । बेलायती क्याबिनेट मिनिस्टर माइकल गोको परिवारलाई पनि को’रोना संक्रमण भएपछि उनी अहिले आइसोलेसनमा बसेका छन् ।

Leave A Reply

Your email address will not be published.