३ सय ५० घण्टा आकासमा १ कति धेरै कमाई, भिडियोमा हेर्नुहोस्, बंगुर पालेर विश्व भ्रमण गर्ने नेपाली

0

काठमाडौ, साउन १५ । डीबी लामाको काठमाण्डौंमा बंगुर फार्म छ । उनले आफ्नो फर्ममा बंगुर मात्रै नभएर हाँस र व्यवसायिक रुपमा कुकुर पनि पाल्नुभएको छ । यसरी पशु पालनमै लागेर डीबी लामाको घर खर्च चलेको छ ।

उनले बंगुर पालेरनै काठमाण्डौंमा घर बनाए । बालबच्चाको पढाइँ पुरा गरे । यति मात्रै नभएर उनी निकै घुम्न रुचाउने मान्छे । बंगुर, हाँस र कुकुर पालेर भएको आम्दानीले उनी विश्वका धेरै देशहरु घुमेका पनि छन् ।

उनी एक बर्षमा कम्तीमा एकपटक नभएर दुई÷दुई पटक विदेश घुम्नकै लागि जान्छन् । ‘पुर्वी एसिया र दक्षिण एसियाका प्राय सबै देशहरु घुमेकी छु’ उनले भने, ‘म सन् २००४ बाट विदेश घुम्न सुरु गरेको हुँ ।’ उनले नेपालका त प्राय सबै जिल्ला घुमेका छन् ।

यसरी बंगुर, हाँस र कुकुर पाल्दा बार्षिक ३५ लाखदेखि ४० लाखसम्म फाइदा हुने गरेको उनको अनुभव छ । उनको फर्ममा सधैँजसो मासु पाक्ने गर्छ । मासुको झोल बंगुरलाई दिने गरेका छन् भने हड्डी कुकुरलाई अनि मासुको चोक्टा हाँसलाई ।

Leave A Reply

Your email address will not be published.