०७६ चैत्र २६ गते बुधबार ई. स. २०२० अप्रिल ०८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

0

बि.सं.२०७६ चैत २६,बुधवार,२०२० इ.सं.अप्रिल -८ ,शक संवत-१९४२ ,नेपाल संवत-११४० चौलाथ्व,प्रमादी संवत्सर,उत्तरायण,ऋतु-वसन्त,चैत्र शुक्लपक्ष तिथि-पूर्णिमा , ८:५२ बजे उप्रान्त प्रतिपदा,नक्षत्र-हस्त ६:५२ बजेदेखि चित्रा , २९:१४ बजे उप्रान्त विशाखा,योग-व्याघात , १५:३५ बजे उप्रान्त हर्षण,करण-वव ८:१२ बजेदेखि वालव , १९:४० बजे उप्रान्त वणिज,चन्द्रराशि-कन्या,आनन्दादी योग-आनन्द, सूर्योदय-५:४९, सूर्यास्त-१८:२४ दिनमान -३१ घडी ३० पला l व्रत/पर्व-मन्वादि। देवीयात्रा। हनुमान जयन्ती। वैशाखस्नान आरम्भ। बालाजुस्थित बाइसधारा मेला। लमजुङस्थित यलुङपोखरी मेला। ल्हुतिपुन्ही, ल्हुतिस्नान। बौद्ध तेमाल जात्रा। बैतडीको गुजर, बनारसी मन्दिरमा कोटिहोम मेला समाप्ति। बाइजुराज जन्मोत्सव (कृष्णप्रणामी)। सर्वार्थसिद्धियोग ६:५२ बजेसम्म।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –

गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । स्वास्थ्यको ख्याल गर्नुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –

प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुनेछ । स्वअध्ययनले बौद्धिकतामा वृद्धि गर्न सकिने तथा पढाई लेखाईमा राम्रो प्रगति हुनेछ । खानेकुराको व्यापारमा वृद्धि भएपनि अन्य व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –

बिभिन्न अवसरहरु आएपनि ति अवसरहरुको सहि रुपमा सदुपयोग गर्न नजान्दा समयले पछि छोड्नेछ । व्यापार व्यावसायमा मन्दि आउँने तथा घाटा लाग्नेछ । महत्वपुण काम गर्दा ध्यान दिनुहोला आफन्त तथा ईष्टमित्रहरुले बाधा तथा व्यबधान पुर्याउनेछन् । समयको पावबन्धिलाई ख्याल नगर्दा दुख पाईनेछ भने समयमा काम नबन्दा आर्थिक स्थिति खस्कनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –

पढाई लेखाईमा ध्यान नदिदा प्रतिश्पर्धिहरु हावि हुनेछन् भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट थोरै कमाईमा चित्त बुझाउँनु पर्नेछ । वाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्छ । माया प्रेममा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुनेछ । लेखनकला तथा साहित्यको पाटो थाति रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –

स्वअध्ययनले अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुनेछ । व्यापार व्यावसायमा मन्दि आउँने तथा आम्दानि कम हुनेछ । उठ्नु पर्ने रकम नउठ्नाले नयाँ काम गर्ने अवसरबाट टरेर जानेछ । अप्रिय समाचारले निरास बनाउनेछ भने माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोछ । आफ्नो ज्यानको ख्याल गर्नुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –

राजनिति तथा सामाजिक बिषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुशन्धान गरि प्रस्तुत हुँनुहोला किनकी प्रतिश्पर्धिहरु तपाईभन्दा बलिया हुँन सक्छन् । राम्रो काम गर्दा गर्दै गलत आक्षेप लगाउनेहरु हाबि हुनेछन् भने कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय हुनेछन् । समस्या समाधानका लागी चालिएका कदमहरु निअर्थक हुनेछन् भने तपाई आफ्नै कमजोरिले आत्मिय साथि तथा ईष्टमित्रहरु टाडिन सक्छन् । ज्यानको ख्याल गर्नुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –

माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा निति नियमको उल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –

स्वअध्ययनले पढाई लेखाईमा चाहेको सफलता हात लाग्ने हुँनाले सफलताका सिडिहरुरु चुम्न सकिनेछ । चाहेका बस्तु तथा ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । माया प्रेममा रमाउँन सकिनेछ भने दाम्पत्य जीवनमा एक अर्काको सहयोग लिदै अगाडि बढ्न सकिनेछ । पैत्रिक सम्पती तथा प्राकृतिक स्रोतको प्रयोग तथा परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –

व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । अध्ययन तथा अध्यापनमा अलि बढि समय दिन सके नजिता तपाईको पक्षमा आउँनेछ । प्रणय सम्बन्धमा चिसोपनको बिकास हुनेछ भने घर परिवार तथा आफन्तसग मनमुटाव बढ्ने योग रहेकोछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –

प्रयत्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछन् । व्यापार व्यावसायमा मन्दि आउँने तथा घाटा लाग्नेछ । बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –

समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा दैनिक कष्टप्रद हुनेछ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –

प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । महिला मित्रहरुसँग गरिने कुनै पनि व्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारोबारहरुमा मन्दि आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । तरपनि स्वास्थ्यमो ख्याल गर्नुहोला ।

Leave A Reply

Your email address will not be published.