अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गतेसम्म बन्द

0

काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रील १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गते सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो।

बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताए। आन्तरीक उडान बैशाख ३ गते सम्म बन्द गरिएको छ।

बैठकले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको उच्च जोखिम भएका जिल्लाहरुमा ¥यापिड किट मार्फत परीक्षणलाई बढाउने निर्णय गरेको समेत उनले बताए। कैलाली, कञ्चनपुर र बाग्लुङ्मा आरडिटी पद्धतीबाट सिघ्र परिक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पिसिआर मेसिनबाट परीक्षण गर्ने निर्णय भएको उनले बताए। बैठकले संक्रमणको बढी सम्भावना भएका जिल्लाहरु डोटी, अछाम, जुम्ला लगयातका जिल्लामा पनि सघन रुपमा परीक्षणलाई अगाडि बढाउने निर्णय गरेको छ।

Leave A Reply

Your email address will not be published.