आज बि.स.२०७७ साल श्रावण १६ गते शुक्रबारको राशिफल हेर्नुहोस्

0

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)–कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । गैर बिश्वसनिय कुराका पछी नलागेकै उत्तम रहनेछ । मध्यान पश्चात सामान्य यात्राकारक दिन रहनेछ । भाग्योदयका निम्ति मित्रजनहरुको साथ सहयोग आवश्यक रहनेछ ।

बृष(इ,उ,ए,ओ,बा,बि,बु,बे,बो)–स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा काम थाल्न समय लाग्नेछ। तापनि मिहिनेत गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ।

मीथुन(का,कि,कु,घ,ङ,छ,के,को,ह)–दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । शुभचिन्तकको साथ सहयोगमा बृद्यि हुनेछ । मध्यान पश्चात भने ब्यापार ब्यवसायको क्षेत्रमा सामान्य घाटा ब्यर्होनु पर्नेछ ।

कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)–विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला। प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। केही चुनौती देखिए पनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)–सभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । पारीवारिक साथ सहयोगमा बृद्यि हुनाले कार्य सम्पादनमा सहजता महसुस हुनेछ । मध्यान पश्चात मनोरञ्जन तथा अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका नयाँ श्रोत हरु फेला पर्नाले मनमा प्रशन्नता छाउनेछ ।

कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)–श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । तपाईका कार्यप्रतिका समर्थकहरुको बृद्यि हुनेछ । साधारण सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ ।

तुला(र,रि,रु,रे,रो,ता,ति,तु,ते)–सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। वादविवादबाट टाढै रहने प्रयत्न गर्नुहोला।

बृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,यु)–ब्यापार ब्यवसायको क्षेत्रमा मध्यम दिन रहेको छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । तपाईको कार्यको श्रेय अन्य ब्यत्तिहरुलाई प्राप्त हुनेछ । मध्यान पश्चात भने भोजभतेरमा सरीक हुने अवसर जुट्नेछ । वाक चार्तुयताका कारण सबै ईष्ट मित्रजनलाई रीजाउन सकिनेछ । स्थीर सम्पतिमा गरीएको लगानि उत्तम रहेछ ।

धनु(ये,यो,भ,भि,भु,ध,फा,ढ,भे)–समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिने समय छ।

मकर(भो,ज,जि,खि,खु,खे,खो,गा,गि)–काम खर्चिलो हुनाले कर्जा बढ्नेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ।

कुम्भ(गु,गे,गो,सा,सि,सु,से,सो,द)–परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । सबारी साधनको प्रयोमा बिशेष सजग रहनु पर्नेछ । आम्दानिका बिभीन्न श्रोत हरु फेला पर्नेछन । बौधिक ब्यत्तित्व हरु सगँको भेटघाटको योग बन्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मिन(दि,दु,थ,झ,ञ,दे,दो,च,चि)–बाध्यताले अलमल्याउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम हातलागी हुन सक्छ।

Leave A Reply

Your email address will not be published.