फेरी शोकमा बलिउड, ३२ वर्षका अभिनेता आशुतोषले गरे आ’त्मह’त्या

0

काठमाडौं। बलिउडमा फेरी एक अभिनेताले ३२ वर्षको उमेरमा आ’त्मह’त्या गरेका छन् । मराठी अभिनेता आशुतोष भाकरेले देह त्याग गरेको भारतीय सञ्चार माध्यमले जनकारी दिएका छन् । उनी ३२ वर्षका थिए । स्रोतका अनुसार आशुतोषले महाराष्ट्रको नान्देडस्थित आफ्नो घरमा झु ण्डि एको अवस्थामा मृ, त फेला परेका हुन्।

प्रहरीका अनुसार आशुतोषको शव नान्देडस्थिती उनको बंगलामा झु ण्डि एको अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । आशुतोष एक महिना अघि मात्रै नान्देड आएका थिए । मराठी फिल्म इन्डिष्ट्रिमा आशुतोषको निधनले शोकको लहर छाएको छ।

आशुतोषको अचानक निधन भएको खबर उनका प्रशंसक शोकमा छन् । उनले आ’त्मह’त्या गर्नुको कारण पनि खुल्न सकेको छैन । आशुतोष फिल्म तथा टिभी अभिनेत्री मयुरी देशमुखका श्रीमान् थिए । २१ जनवरी २०१६ मा मयुरी र आशुतोष विवाह बन्धनमा बाँधिएका थिए।

आशुतोष इन्डिष्ट्रिमा निकै चर्चित थिए । (उनले एकर थर्ला पक्का) नामको फिल्ममा काम गरेका थिए । यो फिल्म असाध्यै चर्चित भएको थियो । मयुरी पनि मराठी इन्डष्ट्रिकी चर्चित नायिका हन् । उनले खुल्ता कलि खुले,ना बाट घर–घरमा पहिचान पाइन् । दुबैको अभिनय असाध्यै रुचाइन्छ।

Leave A Reply

Your email address will not be published.