आइसीयूमा जाने कोरोना संक्रमित बिरामीको संख्या बढ्दो, खतराको संकेत

0

काठमाडौं । कोभिड-१९ बाट संक्रमित भई आइसीयूमा भर्ना हुनेको संख्या बढ्न थालेको छ । केही दिनयता लक्षणसहितका संक्रमितको संख्या विस्तार भएसँगैं आईसीयूमा जानेको संख्यामा वृद्धि भएको हो ।हाल करिब एक तिहाइ कोरोना संक्रमितमा लक्षण देखिराखिएको छ, इपिडिमियोलोजी तथा भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भन्नुभयो, ‘केही दिनअघिसम्म ९९.७ प्रतिशत संक्रमितमा लक्षण देखिएको थिएन, हाल त्यो अवस्थामा परिवर्तन भइएसकेको छ । यो खतराको संकेत हो ।’आजको कान्तिपुर दैनिकमा खबर छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बिहीबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ८ जना, त्रिवि शिक्षण अस्पतालमा एक जना, पाटन अस्पतालमा २ जना गरी उपत्यकामा ११ जना आईसीयूमा छन् ।थप एक जना भेन्टिलेटरमा समेत छन् । यस्तै, धुलिखेल अस्पतालमा एक जना संक्रमितको आइसीयूमा उपचार भइरहेको छ । देशभर २२ जना आइसीयूमा रहेको डा. अधिकारीले जानकारी दिए ।बुधबार मृतयु भएका तीनै संक्रमित आइसीयूमा उपचाररत थिए ।

Leave A Reply

Your email address will not be published.