मालिकले घर जा भनेपछि १३३ किलोमिटर हिँडेर घर पुगे राजु

0

काठमाडौं। सरकारले लकडाउन घोषणा गरेसँगै देशभरका होटल व्यवसाय बन्द छन् । होटल ब्यबसाय बन्द हुने बित्तिकै हजारौं युवाहरु बेरोजगार भएका छन् । होटेलमा काम गर्ने कतिपय मजदुर घर फर्किएका छन् भने कतिपय लकडाउन खुल्ने आशमा अझै बसेका छन्।

२८ वर्षीय राजु लामा हेटौंंडाको एक होटलमा वेटरको रुपमा कार्यरत थिए । सरकारले लकडाउन थप्दै जाँदा होटल खोल्ने समय अनिश्चित बनेपछि संचालकले लामालाई घर जान भने । तर सवारीसाधन बन्द थिए । होटल संचालकले जान भनिसकेपछि लामालाई घर फर्किनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो ।

आफूले काम गर्दै आएको हेटौंडाको होटलदेखि हिँडेरै भए पनि उनी घर फर्किने मनसायमा पुगे । हेटौडादेखि महोत्तरी बर्दिबाससम्मको दुरी १३३ किलोमिटर छ । सो दुरी पैदल हिँडेरै उनी बर्दिबास पुगेका छन् ।

‘लकडाउन सुरु भएपछि होटल चल्ने कुरै आएन, होटल संचालकले घर फर्किन भन्यो त्यसपछि मसँग त्यहाँबाट निस्किनुबाहेकको विकल्प पनि थिएन’ लामाले भने । हिँड्नुअघि हेटौंडामा उनले केही खानेकुरा आफ्नो झोलामा राखेका थिए । त्यही खानेकुराकाे भरमा घर पुगेको उनले बताए।

Leave A Reply

Your email address will not be published.