सरकारले कोरोना संक्रमितको संख्या लुकाएको आशंका

0

काठमाडौं । पछिल्लो समय काठमाडौंलगायत देशभर कोरोना संक्रमितको संख्या तीव्र बढेको छ । साउन ६ गते लकडाउन खुला भएसँगै २२ प्रतिशतले संक्रमितको संख्या बढेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यसमा पनि काठमाडौं उपत्यकामा कोरोना संक्रमण भुसको आगोझैं फैलिएको चिकित्सकहरूले अनुमान गरेका छन्।

तर, परीक्षणको दायरा घटाइएकाले संक्रमितको संख्या कम देखिएको हो । सरकारले काठमाडौं उपत्यकाका संक्रमितको संख्या लुकाएको आरोप लागेको छ । यसै क्रममा डा.रवीन्द्र पाण्डेले संक्रमितको विवरण पारदर्शी नभएको हो कि भन्दै सरकारसँग प्रश्न राखेका छन् । आमजनताले सरकारले कोरोना संक्रमितको संख्या लुकाएको बुझेको भन्दै पारदर्शी बनाउन उनले सुझाव दिएका छन्।

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ लेख्छन्:

स्वास्थ्य मन्त्रालयले संक्रमितको विवरण दिंदा पारदर्शी नभएको आमजनताको बुझाइ छ,्र विवरण दिंदा स्थायी ठेगाना भन्नुको कुनै अर्थ छैन, जुन व्यक्ति जहाँ बसेको छ, त्यहि ठाउँको ठेगाना उल्लेख गर्नुपर्दछ । उदाहरणका लागि काठमाडौंमा ब्यापार गरेको पर्साको व्यक्तिलाई पर्साको विवरणमा किन राख्ने ? काठमाडौं महाबौद्ध बस्ने बर्ष …को भन्यो भने त्यो क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन थप प्रेरित गर्दछ । त्यस्तै काठमाडौंमा ५३ जना भनेर अपुरो सुचना दिंदा आम जनतामा द्विविधा भएको छ।

सूचनाको हक स्वास्थ्य मन्त्रालयले उल्लङ्घन गर्नु हुँदैन । ठेगाना लुकाउँदा वा स्थायी ठेगाना भन्दा आम मानिसमा सरकारले संक्रमितको संख्या लुकाएको भन्ने आशंका व्याप्त छ ्र अमेरिका, युरोप, भारत लगायत देशले जसरी पारदर्शी ढंगले संक्रमितको संख्या, गम्भीर व्यक्तिको संख्या तथा मृतकको संख्या उल्लेख गरेका छन्, हामीले त्यहि गर्नुपर्छ।

परीक्षण नगरेको ठाउँमा गरेको भन्ने भनाइ आएको छ । जिम्मेवार पदमा बसेका व्यक्तिले आधिकारिक कुरा मात्र बोल्नुपर्छ, जनतालाई झुठो कुरा गर्नु, सुचना अपुरो दिनु वा अन्यथा दिनुलाई पनि अख्तियारी दुरुपयोग गरेको मानिन्छ । त्यस्तै सुचनाको अधिकार हनन गरेको पनि मानिन्छ । सरकारले सहि विवरण, पारदर्शी विवरण तथा यथार्थ जानकारी दिने काम गरोस्।

Leave A Reply

Your email address will not be published.