डरलाग्दो भयो कोरोना: एकै दिन ४ जनाको निधन

0

काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसंगै अप्रत्याशित रुपमा निधन हुनेको संख्या पनि बढेको छ । शुक्रवार एकै दिन कोरोनाका कारण ४ जनाको निधन भएको पुष्टि भएको छ । एकै दिन यति धेरै मानिसको निधन भएको यो पहिलो पटक हो । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पर्साको वीरगन्जका थप तीन जना र ललितपुरको पाटन अस्पतालमा उपचाररत एक महिलाको कोरोनाले निधन भएको पुष्टि भएको हो ।

पाटन अस्पतालको आईसीयूमा उपचाररत ६५ वर्षीया उनको शुक्रबार बिहान ९ निधन भएको मन्त्रालयले जानकारी दिएको हो । उनी गत साउन ६ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । मृतक महिला ललितपुर थसिखेलकी बासिन्दा रहेको मन्त्रालयले जनाएको छ । उनी केही दिन अघि बीरगञ्जबाट आएकी थिइन् ।

यसैगरी वीरगन्जमा एकै दिन थप तीन जना कोरोना संक्रमितको निधन भएको हो । पर्साका ५६ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवक, वडा नम्बर २ छपकैयाका ६५ वर्षीय वृद्ध गरी तीन जनाको बिहीबार निधन भएको हो ।

वीरगन्ज–२ छपकैयामा ६५ वर्षीय वृद्ध आफ्नै घरमा मृत फेला परेका थिए । उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । अन्य दुई जनाको भने उपचारका क्रममा अस्पतालमा निधन भएको हो । योसंगै वीरगन्जमा मात्रै कोरोनाका कारण निधन हुनेको सख्या १३ पुगेको छ ।

शुक्रवार थप २२४ जनामा कोभिड १९ पुष्टि भएको छ। १० हजार ७ सय ६८ को पीसीआर परीक्षण गर्दा २२४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १४ हजार ३ सय ९९ डिस्चार्ज भएको बताए। सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय १६ छ। जम्मा संक्रमित संख्या १९ हजार ७ सय ७१ जना पुगेको छ।

Leave A Reply

Your email address will not be published.