कम्युनिष्ट पार्टी आगोमा झोसेको अगुल्टोजस्तो आफैं सिद्धिन्छः बाबुराम

0

सिन्धुली। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले ढिलोचाँडो कम्युनिष्ट पार्टी विघटन हुने जिकिर गरेका छन्।

उनले कम्युनिस्ट पार्टी आफैं सिद्धिने लक्षण देखिएको बताए ।मधेसबाट काठमाडौं फर्कनेक्रममा शुक्रबार सिन्धुलीमा कार्यकर्ता भेटघाटमा बोल्दै उनले कम्युनिष्ट पार्टीलाई पानीमा झोसेको अगुल्टोजस्तो आफैं सकिने बताएका हुन् । ‘कम्युनिस्ट पार्टी भनेको पानीमा झोसेको अगुल्टो जस्तो हो। यसको रापताप छैन,’ उनले भने।

उनले पार्टी एकता गरेर नेकपामा गएका प्रचण्डलाई मिलेर खान एमालेमा गएको संज्ञा दिए । उनले भने, ‘हामी यसरी मिलेर खान होइन, देश बनाउन चाहन्छौं ।’ नेता भट्टराईले अर्को चुनावसम्ममा जनता समाजबादी पार्टी बिनाको सरकार बन्न नसक्ने जिकिर पनि गरे । उनले जसपा नेपालमा काङ्ग्रेस र कम्युनिस्टको विकल्पमा तेस्रो शक्ति वा तेस्रो ध्रुव बन्ने बताए।

Leave A Reply

Your email address will not be published.