भारतमा कोरोनाबाट मर्नेकाे संख्या १५० पुग्याे, ५ हजार बढी संक्रमित

0

काठमडाैं, २६ चैत । कोरोना भाइरसको संक्रमण दक्षिणी छिमेकी भारतमा पनि बढ्दै गएको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोले अनुसार बुधबार बिहानसम्म भारतमा मृत्यु हुनेकाे संख्या १५० पुगेकाे छ भने ५ हजार ३११ जना संक्रिमत भएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा मात्रै १४ जनाको मृत्यु भएको छ भन्र ५३३ जना नयाँ संक्रमित थपिएका छन् । मंगलबार बिहानसम्म भारतमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १३६ थियाे । आइबार पनि भारतमा १९ जनाकाे मृत्यु भएकाे थियाे ।

भारतमा कुल संक्रमितमध्ये ४२१ जना उपचारपछि निको भएका छन् । बाँकी ४ हजार ७४० जना उपचाररत रहेको वल्र्डोमिटर्सको तथ्यांकमा जनाइएको छ । कोरोनाको प्रभाव विस्तार हुँदै गएपछि भारतमा २१ दिन लामो लकडाउनको घोषणा गरिएको छ । भारतमा आज लकडाउनको १५ औँ दिन हो ।

Leave A Reply

Your email address will not be published.