कोरोना संक्रमणबाट नेपालमा एकदिन ४ जनाको मृत्यु

0

काठमाडौं / नेपालमा आज थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साको वीरगन्जका थप तीन जना र ललितपुरको पाटन अस्पतालमा उपचाररत एक महिलाको कोरोनाले मृत्यु भएको पुष्टि भएको हो ।

पाटन अस्पतालको आईसीयूमा उपचाररत ६५ वर्षीया उनको शुक्रबार बिहान ९ मृत्यु भएको मन्त्रालयले जानकारी दिएको हो । उनी गत साउन ६ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी केही दिन अघि बीरगञ्जबाट आएकी थिइन् ।

यसैगरी वीरगन्जमा एकै दिन थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो । पर्साका ५६ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवक, वडा नम्बर २ छपकैयाका ६५ वर्षीय वृद्ध गरी तीन जनाको बिहीबार मृत्यु भएको हो ।

Leave A Reply

Your email address will not be published.